Sajhamanch Archive

महाराष्ट्रमा तीन तले भवन भत्किँदा १० जनाको ज्यान गयो, २० जनाको जीवितै उद्धार

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

काठमाण्डौ । भारतको महाराष्ट्र राज्यको भिवण्डीमा तीन तले भवन भत्किँदा १० जनाको ज्यान गएको छ ।

केही घाइते भएका छन् । २० जनाको जीवितै उद्धार गरिएको छ । भत्केको भवनभित्र अझै २० देखि २५ जना फसेको हुनसक्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिहान भत्किएको भवनभित्र फसेकाहरुको खोजी र उद्धारको काम चलिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुस्ख व्यक्त गर्दै परिवारमा समवेदना प्रकट गरेका छन् । उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *