Sajhamanch Archive

बिर्तामोडबाट १० बोरा अवैध सुर्ती बरामद

Published: (Updated: ) in समाज by .

बिर्तामोड । इलाका प्रहरी कार्यालय बिर्तामोडले आज दुईलाख बराबरको सुर्ती बरामद गरेको छ ।

बिर्तामोड नगरपालिका वडा नं.५ एकताटोलमा कोठा भाडामा बसेर पुष्पा कोइरालाले सञ्चालन गरेको अमिलो उद्योगबाट १० बोरा सुर्ती बरामद गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरीले सुर्ती बरामद गरेको प्रमुख रिजालले बताए । बरामद गरेको सुर्ती आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय चन्द्रगढी पठाइएको इप्रका बिर्तामोडले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *