Sajhamanch Archive

ताप्लेजुङकी संक्रमित महिलाको विराटनगरमा मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

विराटनगर । मोरङमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

ताप्लेजुङ घर भई मोरङको विराट मेडिकल कलेजमा उपचाररत ३७ वर्षीया महिलाको सोमबार विहान पौने ११ बजे मृत्यु भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार मृतक महिलामा कलेजो सम्बन्धी समस्या थियो । विराट मेडिकल कलेज शिक्षण अस्पतालका आइसोलेसन इञ्चार्ज सुनील देवका अनुसार महिलामा ३० भदौमा संक्रममण पुष्टि भएपछि विराट मेडिकल कलेजको आइसोलेसनमा भर्ना भएकी थिइन् ।

सुरुमा उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना भएकी उनी कोरोना पुष्टि भएपछि विराटमा ल्याइएकी थिइन् । यी महिलाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट प्रदेश १ मा मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।

                                                                                                            अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *