सोमबार थपिए १ हजार १५४ जना कोरोना संक्रमित
Published: (Updated: )
by .झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ५३३ जनाको परीक्षणमा ११५४ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ६५ हजार २७६ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ०५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४७ हजार २३८ पुगेको छ ।
Comments