Sajhamanch Archive

ICD को झापा क्षेत्र १ प्रदेश (क) मा दुलाल र प्रदेश (ख )मा भट्टराई

Published: (Updated: ) in राजनीति, लोकप्रिय, समाज by .

मेचीनगर । सङगठित रुपमा माक्र्सवाद अध्ययन गर्ने हेतुले स्थापना भएको “Institute of critical dialogue” ( ICD) ले झापा क्षेत्र १ प्रदेश (क) र (ख ) को समिति गठन गरेको छ ।

गत भदौ ३१ गते बसेको ICD को  झापा जिल्ला कमिटीको पूर्ण बैठकबाट झापा क्षेत्र १ प्रदेश (क) को अध्यक्षमा विक्रम दुलाल र प्रदेश (ख )मा उत्सव भट्टराई मनोनित गरेको हो ।

जसमा प्रदेश (क) को उपाध्यक्षमा रुपेश पोखरेल,सचिवमा सरोज सुवेदी,सह- सचिवमा प्रेम अधिकारी र कोषाध्यक्षमा विनिता मोक्तानलगायत २२ सदस्य समिति गठन गरेको छ ।

त्यसैगरी, प्रदेश (ख) को उपाध्यक्षमा बिनप दाहाल, सचिवमा चेतन प्रसाईं,सह- सचिवमा प्रितिका घिमिरे र कोषाध्क्षमा संगिता साँवा लिम्बलगायत २३ सदस्य रहेका छन् ।

त्यस्तै सविन ढुङगानाको अध्यक्षतामा मेचीनगर नगर कमिटी पनि गठन गरिएको छ । जसको उपाध्यक्षमा विनम सरदार,सचिवमा मञ्जु चिमरिया, सह- सचिवमा सचेत घिमिरे र कोषाध्यक्षमा प्रतिक्षा न्यौपानेलगायत १५ सदस्य समिति चयन गरिएको छ ।

Image may contain: text

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *