Sajhamanch Archive

स्वाब संकलन गर्न मोबाइल भ्यान

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा कोरोना संक्रमितको संख्या दैनिक बढेसँगै कन्ट्रयाक्ट ट्रेसिङ र शंकास्पद संक्रमितको स्वाब परीक्षण गर्न मोबाइल भेइकल (भ्यान) सञ्‍चालन गर्न थालिएको छ ।

महानगरमा दैनिक संक्रमितको संख्या बढ्न थालेपछि खासगरी अधिक संख्याको नमूना लिन सम्बन्धित ठाउँमै गएर लिने व्यवस्था गरिएको बताइएको छ । अहिले महानगरमा १५ सयभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । महानगरले आफैं आइसोलेसन सञ्‍चालन गरी संक्रमितको उपचार गरिरहेको छ ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार स्थानीय साधन-स्रोत प्रयोगबाट अत्याधुनिक र सुविधा-सम्पन्‍न मोबाइल स्वाब भ्यान निर्माण गरिएको हो । महानगर र रोटरी क्लब अफ विराटनगरको संयुक्त प्रयासमा स्वाब भ्यान निर्माण भएको उनले बताए । “नेपालकै पहिलो गाडी उत्पादन कर्ता हुलास कम्पनीले ४ लाख रुपैयाँमा मोबाइल स्वाब भ्यानको निर्माण गरेको छ ।

भ्यानमा सेन्सर सेनिटाइजर, भित्रैबाट बाहिर निर्देशन दिन सकिने र वातानुकुलित व्यवस्था मिलाइएको छ । पीसीआर र आरडीटी गर्न अत्यन्त सहज भएको छ,” पराजुलीले भने । रोटरी क्लब अफ विराटनगरले जिम्मेवारी लिएर बनाएको उक्त मोबाइल स्वाब भ्यान स्वाब संकलन गर्न प्रयोगमा आइसकेको छ ।“स्वाब संकलन गर्न एकै स्थानमा मानिसहरुलाई बोलाइँदा भिड हुने र भौतिक दूरी कायम गराउनसमेत कठिनाइ भएपछि भ्यानबाट गर्ने प्रबन्ध गरिएको हो,” ।

महानगरले केहीअघि मेसिन निजी क्षेत्रसँगको सहयोगमा खरिद गरी कोसी अस्पताललाई हस्तान्तरण गरेको छ । स्वचालित मेसिन भएकाले अहिले परीक्षण दरसमेत बढेको पराजुलीले बताए

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *