Sajhamanch Archive

थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार १५४ जनाको परीक्षणमा १३५६ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ६६ हजार ६३२ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८२३ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *