Sajhamanch Archive

१९ स्थानीय सहित झापामा २० जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मङ्गलबार झापामा थपिनेमा २० जनामध्ये १ जना भारतबाट आएका र १९ जना स्थानीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका अनुसार दमक नगरपालिका वडा नं.४, ५, ७ र ८ का ८ देखि ७२ वर्षका ६ महिलासहित १५ जना , मेचीनगर नगरपालिकाका वडा नं.३ का २ जना स्थानीय महिला र इलामका १ जना पुरुष भारतबाट आएर काँकरभिट्टाको होटल क्वारेन्टिनमा बसेका हुन् ।

त्यस्तै भद्रपुर नगरपालिका वडा नं.१ का २७ वर्षीय पुरुष र कमल गाउँपालिका वडा नं. ७ का २२ वर्षीया महिला स्थानीय रहेको कार्यालयले जनाएको छ ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ८१३ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *