Sajhamanch Archive

चेन्नाईलाई पराजित गर्दै राजस्थानको शानदार सुरुवात

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा शानदार सुरुवात गरेको छ ।

मंगलबार भएको खेलमा राजस्थानले चेन्नाईलाई १६ रनले पराजित गर्‍यो । पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको चेन्नाईले भने पहिलो हार व्यहोर्‍यो ।

राजस्थानले दिएको २१७ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर २०० रन मात्र बनायो । चेन्नाईका लागि फाप डु प्लेसिसले सर्वाधिक ७२ रन बनाए । यस्तै शेन वाट्सनले ३३ रन बनाए भने कप्तान महेन्द्र सिंह धोनीले अविजित २९ रन जोडे । राजस्थानका लागि राहुल तेवाटियाले ३ विकेट लिए ।

त्यसअघि शारजहाँमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले कप्तान स्टिभ स्मिथ र सन्जु सामसनको अर्धशतक मद्दतमा ७ विकेट गुमाएर २१६ रन बनाएको थियो ।

टी–२० मा डेब्यु गरेका ओपनर यजश्वी जैसवाल ६ रन बनाएर आउट भएपनि स्मिथ र सामसनले दोस्रो विकेटका लागि १२१ रनको साझेदारी गरेका थिए । सामसनले ७४ र स्मिथले ६९ रन बनाए । चेन्नाईका लागि साम करनले ३ विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *