Sajhamanch Archive

नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क कार्यान्वयनमा

Published: in लोकप्रिय, समाज by .

इलाम । नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क औपचारिक रूपमा कार्यान्वयनमा आएको छ । नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४ ले तय गरेका मापदण्ड र आचार संहिता पालना गरेका १२ वटा चिया उद्योग र सहकारीहरूलाई ट्रेडमार्क प्रयोग गर्न इजाजत प्रदान गरिएको छ ।

मंगलबार इलामको फिक्कलमा आयोजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले १२ वटा चिया उद्योग र सहकारीहरूलाई पहिलो चरणमा ट्रेडमार्क प्रयोग गर्न इजाजत प्रदान गरे ।कार्यक्रममा कृषि तथा पशुपंक्षि विकास मन्त्री घनश्याम भुषालले नेपालले उत्पादन गरेको चिया विश्वमै अब्बल गुणस्तरको रहेको बताए ।

स्वच्छ हावापानी र उर्बर भूमिमा उत्पादन भएको नेपाली चियाले सबै चिया पारखीहरूको मन जितेको भए पनि नेपालको चिया अन्य मुलुकको ट्रेडमार्क लागेर तेश्रो देशमा लामो समयदेखि बिक्री भईरहेको पनि मन्त्रि भुषालले उल्लेख गरे।कृर्षि मन्त्री भुषालले विगत एक दशक देखिको निरन्तर प्रयासपछि बल्ल नेपाली चियाले आफ्नै पहिचान पाएको बताए ।अब चीन, अमेरिका र युरोपेली बजारमा पनि नेपाली चियाको विक्रीका लागि आक्रामक ब्राण्डिङ र मार्केटिङ गर्न जरुरी रहेको पनि मन्त्री भुषालले उल्लेख गरे  ।

पछिल्ला दिनमा नेपाली चिया क्षेत्रले चुनौती र समस्या भोग्दै आएको छ । भारत लगायत तेश्रो मूलुकमा निर्यात गर्दा बेला-बेलामा भन्सारमा व्यहोर्नुपर्ने समस्या, चियाको हरियोपत्तीको न्युनतम् मूल्य विवाद, श्रमिकका समस्या र पछिल्लो समय आएर विश्वव्यापी महामारी कोभिड १९ का कारण उत्पन्न समस्या नेपाली चिया व्यवसायले भोग्नु परेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *