Sajhamanch Archive

भारतमा कोरोनाले लियो ९० हजार भन्दा बढीको ज्यान

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by .

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९० हजारभन्दा बढी पुगेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोभिड–१९ बाट ९० हजार २० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ८३ हजार ३४७ जनामा संक्रमण पुष्टि हुँदा एक हजार ८५ जनाको कोभिड–१९ बाट ज्यान गएको छ ।

अहिलेसम्म भारतमा संक्रमितको संख्या ५६ लाख ४६ हजार पुगेको छ । अहिले ९ लाख ६८ हजार ३७७ जना सक्रिय संक्रमित रहेका छन् । भारत विश्वमै सबैभन्दा दोस्रो धेरै संक्रमित रहेको देश हो ।

अहिलेसम्म विश्वमा तीन करोड १६ लाख पाँच हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यस्तै अहिलेसम्म विश्वमा ९ लाख ७१ हजारको ज्यान गएको छ । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *