Sajhamanch Archive

पूनम पाण्डेको उजुरीमा श्रीमान् श्याम बम्बे गोवाबाट पक्राउ, १२ दिन अघि भएको थियो विवाह

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by .

मोडल तथा नायिका पूनम पाण्डेको उजुरीमा गोवा प्रहरीले उनका श्रीमान् श्याम बम्बेलाई पक्राउ गरेको छ । पूनमले स्यामविरुद्ध उत्पीडन र कुटपिटको मुद्दा दर्ता गरेकी छिन् । यी दुईले १२ दिन अघि मात्रै विवाह गरेका थिए ।

मिडिया रिपोर्टमा गोवा प्रहरीलाई उद्धृत गर्दै घटना दक्षिण गोवाको कानाकोना गाउँमा भएको बताइएको छ जहाँ पूनम पाण्डे एक फिल्मको सुटिङ गरिरहेकी थिइन् । एएनआईको ट्वीट अनुसार दक्षिण गोवाका एसपी पंकज कुमार सिंहले यसको पुष्टि गरेका छन् ।

यस्तै मिडिया रिपोर्टमा कानाकोना प्रहरी स्टेशनमा इन्सपेक्टर तुकाराम चव्हाणलाई उद्धृत गर्दै पुनमले उत्पीडन, कुटपिट र हत्याको धम्की पाएको भन्दै उजुरी दिएको जानकारी दिइएको छ । श्यामलाई पक्राउ गरिएको छ गिरफ्तारीपश्चात् उनको मेडिकल परीक्षण गरिएको छ । स्मरण रहोस्, पूनम पाण्डेले १० सेप्टेम्बरमा सोसल मिडियामार्फत् श्यामसँग आफ्नो विवाहको घोषणा गरेकी थिइन् । दुबैले विवाहको तस्बिर सोसल मिडियामा पोस्ट गरेका थिए । विवाहमा उनीहरुका नजिकका आफन्तलाई मात्रै बोलाइएको थियो ।

पूनमले जुन तस्बिर सेयर गरेकी थिइन् त्यसमा लेखेकी थिइन्, ‘तिमीसँग सात जन्म बिताउने आशामा ।उनीहरुल हनिमूनका लागि पनि गएका थिए । केही तस्बिरमा पूनमले यसलाई उत्कृष्ट हनिमून बताएकी थिइन् । यसै वर्ष जुलाईमा पूनम र स्यानले इन्गेजमेन्टको घोषणा गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *