Sajhamanch Archive

साहित्यकार तेराख प्रतिष्ठान गठन हुने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा by .

मेचीनगर । साहित्यकार तेजराज खतिवडा (तेराख)को नाममा प्रतिष्ठान गठन गरिने भएको छ । धुलाबारीस्थित तेराख निवासमा आज शनिबार जिल्लाका अगुवा साहित्य साधकको उपस्थितिमा साहित्यकार तेराख प्रतिष्ठान गठन गर्ने सम्वन्धी अवधारणा माथि व्यापक छलफल गरिएको हो ।

छलफलमा माधव खतिवडा, तारा विविध, हरिचरण बानियाँ, गंगाप्रसाद ओडारी, कृष्ण सुवेदीू निराकारू, देवीचरण भण्डारी, गीता खनाल भण्डारी, कृष्णप्रकाश सुमार्गी, केशवराज खनाल, विनोद खनाल, महेन्द्रविलास लुईंटेल, हरिप्रसाद रिमाल, बासुदेव खतिवडा, संजय खतिवडा, लेखनाथ खतिवडा, परशुराम तिम्सिना, सुशीला खतिवडा र देवीका अर्यालको उपस्थितिमा प्रतिष्ठान गठनबारे छलफल भएको हो ।

साहित्यकार देवीचरण भण्डारीलेदिएको जानकारीअनुसार साहित्यकार तेराखले प्रतिष्ठान गठन गर्नाको कारण र अौचित्य माथि प्रकाश पार्दै प्रतिष्ठानका नाममा १० लाख रुपैयाँको अक्षय कोष राखिदिने घोषणा गरेका छन् ।

अक्षयकोषमा राखिएको रकमको ब्याजबाट कृषि, पशु र साहित्य विधामा पुरस्कार प्रदान गर्ने गरी अवधारणा अघि सारिएको छ । साहित्यकार विनोद खनालले भेलामा प्रस्तुत गरेको अवधारणा पत्रमाथि उपस्थितले अनुमोदन गर्दै प्रतिष्ठान गठन गर्ने कुरामा सहमति जनाएका थिए ।

प्रतिष्ठान गठन गर्न विधान आवश्यक पर्ने हुँदा शिवप्रसाद पौडेलको संयोजकत्वमा विनोद खनाल र हरिचरण बानियाँ सदस्य रहेको तीन सदस्यीय विधान मस्यौदा समिति पनि गठन गरेको छ । समितिलाई एकमहिना भित्र विधानको मस्यौदा तयार गर्न समयावधि प्रदान गरिएको छ।

उपस्थित सवैले गठन गर्न लागिएको साहित्यकार तेराख प्रतिष्ठानका बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए। कुनै पनि संघ–संस्था वा प्रतिष्ठान गठन गर्नु सामान्य कुरा भए पनि त्यसलाई स्थायित्व प्रदान गर्नु र व्यवस्थित रुपमा चलायमान गराउनु चाहिँ निकै कठिन कार्य भन्ने प्रायः सबैको उस्तै धारणा थियो ।

खतिवडा परिवारका तर्फबाट तेराखका भाइ बासुदेव खतिवडा र जेठा छोरा संजयले बुवाको अभियानमा तन, मन, धन र वचनले पूर्णरुपमा साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *