Sajhamanch Archive

नेपाल एयरलाइन्सद्वारा ९ आन्तरिक विमानस्थलमा उडान सुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानतर्फ ९ विमानस्थलमा उडान सेवा प्रारम्भ गरेको छ । निगमले उडान तालिका सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

अब नेपाल एयरलाइन्सको जहाजबाट भोजपुर, दाङ, ताप्लेजुङ, खानीडाँडा, रुकुम, नेपालगंज, बाजुरा, थामखर्क र फाप्लु विमानस्थलसम्म जान सकिने भएको छ । यि काठमाडौंबाट सिधा उडान हुने गन्तब्य हुन् ।

यी बाहेक रुकुम-नेपालगन्ज-रुकुम, नेपालगन्ज-जुम्ला-नेपालगन्ज, नेपालगन्ज-बाजुरा-नेपालगन्जमा समेत नेपाल एयरलाइन्सले उडान गर्ने भएको छ ।

निगमले यात्रुको चाप र मागलाई ध्यानमा राखी कतै हप्ताको ३ दिन, कतै हप्ताको २ दिन र कतै २ दिन उडान तालिका निर्धारण गरेको जानकारी गराएको छ ।

उडानका दौरान नेपाल सरकारद्वारा निर्धारित स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरिने भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *