Sajhamanch Archive

झापामा थप पाँचजनामा कोरोना संक्रमण

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज पाँचजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये एकजनाको मृत्यु भएको छ ।

बुधबार झापामा थपिनेमा ५ जनामध्ये १ जनाको मृत्यु, २ जना भारतबाट आएका र २ जना स्थानीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका वडा नं.१० का ८६ वर्षीय १ जना स्थानीय वृद्ध पुरुषको मृत्यु भएको छ । अरु २ जनामध्ये एकजना महिला २१ वर्षीया र १ जना २३ वर्षका पुरुष हुन् । उनीहरु भारतबाट आएका थिए । उनीहरुमध्ये एकजना ओखलढुंगा र अर्का एकजना सल्यान जिल्लाको रहेको कार्यालयले जनाएको छ ।

गौरादह नगरपालिकाका वडा नं.८ का १ जना ४० वर्षीय स्थानीय पुरुष र दमक नगरपालिका वडा नं.२ का ३० वर्षीय १ जना स्थानीय पुरुषलाई कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । योसँगै झापामा कोरोना संक्रमितको संख्या ८१८ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *