Sajhamanch Archive

प्रदेश १ मा थपिए ९१ जना कोरोना संक्रमित,२७ जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा बुधबार ९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४२, सुनसरीमा ३७, झापामा चार, पाँचथरमा दुई, ताप्लेजुङ र ते¥हथुममा एक -एक र प्रदेश १ बाहिरका चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ११ महिला र १३ पुरुष, पथरीशनिश्चरेमा ३ महिला र ३ पुरुष, जहदामा ३ महिला र ३ पुरुष, सुन्दरहरैचामा १ महिला र २ पुरुष, ग्रामथान, कटहरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको इटहरीमा २४ महिला र ७ पुरुष, दुहवीमा २ महिला र २ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको गौरादहका १ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुष, पाँचथरको फालेलुङमा २ पुरुष, ताप्लेजुङमा १ पुरुष, तेर्‍हथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला र २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २७ जना डिस्चार्ज भएका छन् । जसमा मारवाडी सेवा सदन आइसोलेसन विराटनगरबाट १३, झापाको मेची अस्पतालबाट ७, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ५, काली सदन आईसोलेसन विराटनगर र कोभिड १९ आईसोलेसन अस्पताल, गोठगाउँबाट एक- एक जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ६१९ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *