Sajhamanch Archive

चीनसँगको ११ नम्बर सीमास्तम्भ भेटियो

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by .

 काठमाडौँ । लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ । बुधबार हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले स्तम्भ भेट्टाएको हो ।

सीमास्तम्भ नाम्खा गाउँपालिका–६ को टाकुलेमा हिउँ र माटोले पुरिएको अवस्थामा भेटिएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए ।

उनले यो स्तम्भ भेटिएपछि अब रेखांकन गर्न सहज हुने बताए । उनले यसले अहिले चीनले संरचना बनाएको लोलुङजोङ क्षेत्र कतातिर पर्छ भन्ने पनि स्पष्ट पार्न मद्दत गर्ने बताए । उनले भने, ‘यो स्तम्भ भेटिएपछि अब रेखांकन गर्न सहज हुने भएको छ। यसले अहिले चीनले संरचना बनाएको लोलुङजोङ क्षेत्र कतातिर पर्छ भन्ने पनि स्पष्ट पार्नेछ ।’

स्तम्भमा नेपालपट्टि २०१९ साल र चीनपट्टि १९६२ लेखिएको छ । यसअघि नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ खोज्न गएको नेपाली टोली लाप्चाबाटै फर्किएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *