Sajhamanch Archive

‘चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन’

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सरकारले हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएको छ । पछिल्लो समय चीनले नेपाली भूमिमा घर बनाएको खबर आइरहेका बेला बुधबार परराष्ट्र मन्त्री समेत रहेका सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सरकारको धारणा सार्वजनिक गरेका हुन् ।

मन्त्री ज्ञवालीका अनुसार यस्तै खबर २०७३ मा पनि आएको थियो । त्यसबेला सरकारले गृह र परराष्ट्र मन्त्रालय, नापी विभाग लगायतको संलग्नतामा टोली बनाएको र त्यसले स्थलगत गरेको भन्दै उनले भने, ‘बनेका घरहरू नेपाल–चीन सीमाबाट एक किलोमिटरभित्र चिनियाँ भूभागमा बनेको भनेर प्रतिवेदन दिइएको रहेछ ।’

अहिले त्यही ठाउँमा थप भवन बनेको पाइएको भन्दै उनले नेपाल चीनबीच सीमा समस्या नभएको बताए । सञ्चारकर्मीहरूलाई यो विषयमा लेख्नुअघि मन्त्रालयको आधिकारिक धारणा लिन समेतले उनले आग्रह गरे । परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘कहीँ कतै समस्या देखा परे भने पनि बसेर छलफल गर्ने सौहार्द सम्बध छँदैछ ।’

चीनले नेपाली भूमि अतिक्रमण गरेको समाचार आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र गाउँपालिकाका अध्यक्ष सम्मिलित टोलीले स्थलगत अनुगमन गरेर फर्केको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *