बाल्यकालबाट भएको तनाबले दिमागलाई चाडै बनाउछ परिपक्व
Published: (Updated: )
by .काठमाडौँ । तनाव एक मानसिक समस्या हो, जसले शरीरमा नकारात्मक प्रभाव पार्दछ। तर सार्वजनिक भएको एक अध्ययनले अनौँठो खुलासा गरेको छ ।अध्ययनका अनुसार बाल्यकालमा भएको तनावले दिमागलाई चाडैँ परिपक्व बनाउने गर्दछ। यो अध्ययन राडबोड विश्वविद्यालयका शोधकर्ताले गरेका हुन्। जुन साइन्टिफिक रिपोर्टस्मा प्रकाशित गरिएको छ।
सोधकर्ताले तनाबलाई दुई तरिकाले अध्ययन गरेका छन्। पहिलो तनाव जीवनको नकारात्मक घटना हुँदा आउने गर्दछ भने दोस्रो समाजमा भएको नकारात्मक घटनाका कारण हुने गर्दछ। यी दुई तनावको अध्ययनलाई ५ वर्ष मुनिका बालबालिका र १४ देखि १७ उमेर समुहका किशोर किशोरीमाथि गरिएको थियो।
तनावको स्तर दिमागको पीफ्रन्टल कार्टेक्स, अमिगडाल र हिप्पोक्याम्पसँग सिधा जोडिने अध्ययनका क्रम्ममा पत्ता लागेको थियो। दिमागको यो क्षेत्र कुनै पनि सामाजिक वा भावनात्मक स्थितीमा प्रतिक्रिया व्यक्त गर्नका लागि जिम्मेवार हुने गर्दछ।
अनुसन्धाका क्रममा एक रोचक कुरा के पत्ता लागेको छ भने भारी तनावका कारण व्यक्तिमा असामाजिक व्यक्तित्वका लक्षण पनि देखिने गर्दछन्।
Comments