Sajhamanch Archive

झापामा बिहीबार चारजनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज चारजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये एक जनाको मृत्यु भएको छ ।

बिहीबार झापामा थपिने चारजनामध्ये एक जनाको मृत्यु भएको छ भने तीन जना स्थानीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले झापा गाउँपालिका वडा नं.१ का ७८ वर्षीय १ जना स्थानीय वृद्वको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिए ।

 त्यस्तै,कनकाई नगरपालिका वडा नं. २ का ३० र ४८ वर्षीय २ जना पुरुष र भद्रपुर नगरपालिका वडा नं.१ का ५० वर्षीय १ जना स्थानीय पुरुषलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको उनले बताए ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ८२२ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *