Sajhamanch Archive

डा. केसी र घिसिङको समर्थनमा नेबिसंघको प्रदर्शन

Published: (Updated: ) in राजनीति, समाज by .

बिर्तामोड । नेबिसंघ बिर्तामोड नगर समितिले कुलमान घिसिङ तथा डाक्टर गोविन्द केसीको समर्थनमा आज विरोध सभा सम्पन्न गरेको छ ।

बिर्तामोडको मुक्ति चोकबाट निकालिएको र्‍यालीेले विभिन्न माग राख्दै नगर परिक्रमा गरेको नेबिसंघ बिर्तामोड नगर सभापति योगेन थापाले जानकारी दिए ।

उनीहरु पाठ्यक्रम विकास बोर्डलाई दिइएको निर्देशन फिर्ता गर, कुलमान घिसिङलाई पुनः नियक्ती गर, डा. गोविन्द केसीको जीवन रक्षा गर, हुम्लाको लाप्चा क्षेत्रमा भएको चिनिया अतिक्रमण बन्द गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर नगरको परिक्रमा गरेका थिए ।

उक्त विरोध सभामा नेविसंघका निर्वतमान केन्द्रिय सदस्य सन्तोष उप्रेती,नेविसंघका झापा जिल्ला प्रवक्ता सञ्जय निरौला,नेविसंघका झापा जिल्ला सदस्य सञ्जय राई, विद्यार्थी नेताहरु याम भुजेल, विशाल सिटौला,दिपेन धिमाल,किरण गुरुङ,बिकी चौधरीलगायतको उपस्थिती रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *