Sajhamanch Archive

चीनलाई भारतको चेतावनी: सीमामा तिम्रा सैनिक अघि बढे, हाम्रा सैनिकले सिधै गोली चलाउने छन्

Published: (Updated: ) in विश्व समाचार by .

काठमाडौं । चीनलाई भारतले पिएएलका सैनिक अघि बढे चारतीय सैनिकले उनीमाथि गोली चलाउने सक्ने चेतावनी दिएको छ ।

द हिन्दूको एक रिपोर्टमा भारतीय शीर्ष अधिकारीले यस्ता बताएका हुन् । अधिकारीले भने, ‘अब हामीले चीनलाई भनिदिएका छौं कि यदि तपाईंहरु हाम्रो नजिक आउनु हुन्छ भने हामी गोली चलाउनेछौं । सैनिकलाई पनि आत्मरक्षामा गोली चलाउने अधिकार दिइएको छ ।’

पछिल्ला दिनमा पूर्वी लद्दाख त्यो ताल नजिकै भारती र चिनियाँ सैनिकबीच थुप्रै पटक हवाई फायरिङ भएको छ । भारत र चीनबीच भएको छैटौं चरणको वार्तामा दुबै देश सीमामा थप सैनिक नपठाउने विषयमा सहमत भएका छन् ।

भारतीय अधिकारीले भारतले सीमामा आफ्नो बलियो उपस्थिति स्थापित गर्ने बताएको छ । उनले भने, ‘हाम्रो धारणा स्पष्ट छ, चीन पहिला आएको थियो त्यसैले चीन नै पहिले हट्नु पर्छ ।’

भारत र चीनका सैनिकबीच जूनमा गलवान घाँटीमा झडप भएको थियो जसमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । चीनले आफ्नो हताहत भएका सैनिकको संख्या जारी गरेको छैन । मिडिया रिपोर्टमा चीनका सैनिक मारिएको पनि दाबी गरिएको थियो । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *