Sajhamanch Archive

घाग्रा खोलामा बन्दै साढे ६ करोडको पक्की पुल

Published: in मुख्य समाचार, समाज by .

राजगढ  । झापाको बाह्रदशी गाउँपालिका वडा नं ५ स्थित घाग्रा खोलामा पक्की पुल निर्माण हुने भएको छ ।बाह्रदशी—५ पाख्रीबासपूर्व घाग्रा खोलामा ६ करोड ५९ लाख ३९ हजार ७७५ रुपैयाँमा सो पुलको ठेक्का लागेको हो ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयअन्तर्गत पूर्वाधार विकास कार्यालय भद्रपुरले बजेट उपलब्ध गराएको हो ।

संघीय सांसद राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा संविधानसभा सदस्य हरि राजवंशी, प्रदेश सांसद पूर्णसिंह राजवंशी, बाह्रदशी गाउँपालिका अध्यक्ष खडगप्रसाद राजवंशीलगायतको उपस्थितिमा हिजो सो पुलको शिलान्यास गरिएको छ ।पुल नहुँदा स्थानीयलाई आवतजावतमा समस्या हुदै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *