Sajhamanch Archive

संक्रमित व्यक्ति प्रवेश गरेपछि अर्जुनधारा नगरपालिकाका तीन शाखा बन्द

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापाको अर्जुनधारा नगरपालिकाका तीन शाखाको काम कारबाही आजदेखि बन्द गरिएको छ । ।

बिहीबार बिर्तामोडबाट अर्जुनधारा नगरपालिकाको कार्यालयमा प्रवेश गरेका एकजनामा व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको कृषि, प्रशासन र प्राविधिक शाखाको कामकारबाही बन्द गरिएको हो ।हाल उक्त शाखाहरुलाई निःसंक्रमण गरेर बन्द गरिएको नगरप्रमुख हरिकुमार रानाले बताए ।

ती व्यक्तिका सम्पर्कमा आएका सबै कर्मचारीलाई हाल आइसोलेसनमा राखिएको छ । पाँच दिनपछि उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *