Sajhamanch Archive

काठमाडौँबाट झापा मावली आएकी बालिकाको छतबाट खसेर मृत्यु

Published: in समाज by .

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं.५ स्थित एक घरको छतबाट लडेर १३ वर्षीय बालिकको मृत्यु भएको छ ।

बिहीबार राती १० बजे खाना खाइसकेपछि घरको छतमा गई तल हेर्ने क्रममा अचानक लड्दा १३ वर्षीया बालिका कृतिका भण्डारीको मृत्यु भएको हो । छतबाट लडेर गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारार्थ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक कृतिका पाँच दिन अघि काठमाडौँबाट मावली घरमा आएकी हुन् । मावली घरकै चार तला माथिको छतबाट झरेर उनको मृत्यु भएको कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *