Sajhamanch Archive

उद्योग वाणिज्य महासंघलाई साधारणसभा गर्न सरकारको अनुमति

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । गृह मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न अनुमति दिएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आगामी मंसिरमा महासंघको साधारणसभा एवं चुनाव गर्न गृह मन्त्रालयबाट सहमति प्राप्त भएको बताएका हुन् ।

गृह मन्त्रालयले विद्युतीय माध्यमबाट साधारणसभा गर्न र निर्वाचनको मतदान गर्दा एक पटकमा २५ जनाभन्दा बढी जम्मा नहुनेलगायत स्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी गर्न अनुमति दिएको गोल्छाले बताए । यससँगै महासंघको चुनाव मंसिर दोस्रो साता हुने भएको छ ।

वरिष्ठ उपाध्यक्ष गोल्छाले अब छिट्टै नै साधारणसभा र चुनावको मिति तोकिने बताए । उनले स्वास्थ्य मापदण्डको सम्बन्धमा सरकारले तत्कालीन समयमा जारी गरेका मापदण्डलाई पूर्णरुपमा पालना गर्ने र आवस्यक परेमा ३/४ वटा ठाउँबाट दुई दिनसम्म गरेर भए पनि चुनाव गरिनेबताए ।

महासंघले आगामी मंसिर दोस्रो साता साधारणसभा एवं चुनाव गर्नका लागि गृह मन्त्रालयसँग स्वीकृति माग्दै पत्र पठाएको थियो । सोही पत्रको जवाफ दिदै मन्त्रालयले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरी चुनाव गर्न सहमति दिएको हो ।

कोरोना भाइरस (कोभिड-१९) का कारण देशभर लकडाउन हुँदा २०७६ चैत महिनामा हुनुपर्ने महासंघको महाधिवेशन रोकिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *