Sajhamanch Archive

चेन्‍नईविरुद्ध ब्याटिङ गर्दै दिल्ली, सन्दीपले आज पनि मौका पाएनन्

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत शुक्रबार दिल्ली क्यापिटल्सले आफ्नो दोस्रो खेलमा चेन्‍नई सुपर किङ्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

दुबइ इन्टरनेश्‍नल क्रिकेट स्टेडियममा चेन्‍नई टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि दिल्लीले ब्याटिङको निम्तो पाएको हो ।

दिल्लीले शुक्रबार पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई मौका भने दिएको छैन । आजको खेलमा पनि जित निकाल्दै आईपीएलमा बलियो बन्ने लक्ष्य लिएको दिल्लीले सन्दीपलाई मौका भने दिएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *