Sajhamanch Archive

शिवसताक्षीमा ३ सय २० मौरीपालक कृषकबाट ६४ टन मह उत्पादन

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by .

शिवसताक्षी । सतासी महिला मौरीपालन सहकारी संस्थाले एक दिवशीय अभिमुखीकरण गोष्ठी गरेको छ । शिवसताक्षी नगरपालिकाको कार्यालयमा मौरी जन्य उत्पादनबाट मानव स्वास्थ्यमा पार्ने प्रभावका विषयमा एक दिवशीय गोष्ठी सम्पन गरेको हो ।

कार्यक्रममा मौरी विज्ञ खगेन्द्र तिम्सिनाले पछिल्लो समयमा मौरीको महले मानिस स्वास्थ्यमा धेरै फाइदा पुगेको निष्कर्ष रहेको बताउँदै महका फाइदाका विषयमा प्रष्ट पारेका थिए ।  उनले महको नियमित सेवन गरेमा ज्वरो, क्यान्सर, मुटु रोग र अल्सर लगायतबाट बचाउँने जानकारी दिए ।

शरिरलाई फिट राख्न महको नियमित सेवन गर्नु राम्रो मानिने विज्ञ बताउछन् । सेवनले पाचन प्रक्रियालाई सजिलो बनाउछ । छालामा कुनै किसिमको दाग छ भने नियमित रूपमा कागती र मह मिसाएर लगाउने छालाको दाग हराउने गरेको मौरीविज्ञ तिम्सीनाले बताएका छन् ।

हिंउदे याममा मह उत्पादनका दृष्टिकोणले किसानले अवसर र चुनौती दुवै रुपमा लिने गरेका छन् । यो समयमा तोरीको खेती हुने भएकाले मह उत्पादन बढी हुन्छ भने जाडोका कारण मौरीलाई बचाउन उत्तिकै कठिन हुने अर्का विज्ञ जीवन बुढाथोकीले बताए ।

आ.ब. ०७५÷०७६ मा शिवसताक्षीमा ६७ टन मह उत्पादन भएको सतासी महिला मौरी पालन सहकारी संस्थाकी अध्यक्ष धनमाया थापाले जानकारी दिइन् । उनका अनुसार प्रति केजी थोक मुल्य ५ सय ६० मा बिक्री हुँदा ३ करोड ७५ लाख २० हजार मूल्य बराबरको मह उत्पादन भएको हो । शिवसताक्षीमा मात्र ३ सय २० जना किसानले मौरीको व्यवसायिक खेती गर्दै आएको सतासी महिला मौरीपालन सहकारी संस्थाले जनाएको छ ।

चरण क्षेत्र अभावले यस क्षेत्रका अधिकांश मौरीपालक किसानले असारदेखि मंसिरसम्म मौरी चराउन झापा सहित मोरङ्ग, सुनसरी, सप्तरी हुर्दै चितवन सम्म लैजानुपर्ने बाध्यता रहेको संस्थाकी व्यवस्थापक देवी दाहालले बताइन् ।

महको महत्व बढ्दै गएपछि झापाका किसानहरु मौरीपालनप्रति आकर्षित हुँदै गएका छन् । तर, जिल्लामा मौरीपालनको राम्रो संभावना देखिए पनि चरन क्षेत्रको अभाव दिनप्रतिदिन बढ्दै जानु विडम्बना भएको मौरी पाल्ने किसानको गुनासो छ ।

कार्यक्रम  शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माको प्रमुख आतिथ्यमा भएको थियो भने उपप्रमुख भोजकुमारी नेपाल, वडा नम्बर ११ का अध्यक्ष भैरवकुमार श्रेष्ठ, ९ नम्बर वडाका अध्यक्ष छविलाल पाठक, वडा नम्बर ४ का अध्यक्ष अधिकचन ताजपुरिया र प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राईको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *