Sajhamanch Archive

आइपिएल : दिल्ली क्यापिटल्सको लगातर दोस्रो जित

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा लगातर दोस्रो जित हात पारेको छ ।

शुक्रबार भएको आफ्नो दोस्रो खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गरेको हो । दुबई इन्टरनेश्नल क्रिकेट स्टेडियममा दिल्लीले दिएको १७६ रनको लक्ष्य पछएको चेन्नईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै मात्र १३१ रन बनायो ।

चेन्नईका लागि फाप डू प्लेसिसले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै केदार ज्यादवले २६ रन बनाउँदा कप्तान एम एस धोनीले १५ रन जोडे । बलिङतर्फ दिल्लीका लागि कगिसो रबाडाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै अरिच नार्टेजीले दुई विकेट लिँदा अक्षर पटेलले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १७५ रन बनाएको थियो । दिल्लीका लागि पृथ्वि सवले अर्धशतकीय पारी खेलेका थिए । ४३ बल खेलेका उनले ९ चौका र १ छक्काको सहयोगमा ६४ रन बनाएका हुन् । त्यस्तै रिशव पन्तले ३७ रन बनाउँदा शिखर धावनले ३५ रन तथा कप्तान शेयस ऐरले २६ रनको योगदान गरे ।

बलिङतर्फ चेन्नईका लागि पियुस चावलाले दुई विकेट लिए । त्यस्तै श्याम करनले एक विकेट लिए । शुक्रबार भएको खेलमा जित निकाल्दै दिल्ली शीर्ष स्थानमा उक्लेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *