Sajhamanch Archive

सैन्य विमान दुर्घटना कम्तीमा २२ जनाको मृत्यु

Published: in विश्व समाचार by .

एजेन्सी । सैन्य विमान दुर्घटना हुँदा युक्रेनमा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

दुई जना गम्भीर घाइते भएका छन् । तीन जना वेपत्ता रहेका कारण उनीहरुको खोजी भइरहेको जनाइएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउने अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुरसार एन्तोनोव–२६ विमान अवतरणको क्रममा युक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा पर्दा ठूलो मानवीय क्षति भएको हो । दुर्घटनामा परेर विमानमा पनि पूर्ण रुपमा क्षति पुगेको छ ।

खार्किभ एयर फोर्स विश्वविद्यालयबाट प्रशिक्षार्थी वायु सेनाका जवानलाई लिएर विमानले प्रशिक्षण उडान भरेको थियो । विमानमा २७ जना सवार रहेको जनाइएको छ ।

दुर्घटनाको कारण नखुले पनि युक्रेनको पूर्वी क्षेत्रमा जारी तनाव र दुर्घटनाबीच कुनै सम्बन्ध भने देखिएको छैन । विमान दुर्घटनालाई लिएर अनुसन्धान सुरु गरिएको जानकारी युक्रेनी अधिकारीले बीबीसीलाई दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *