Sajhamanch Archive

झापामा थपिए सातजना कोरोना संक्रमित

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा। झापामा आज सातजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार झापामा थपिनेमा १ जना महिला र ६ जना स्थानीय पुरुषलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले कचनकवल गाउँपालिका वडा नं. ५ का ४५ वर्षीय १ जना पुरुष, बिर्तामोड नगरपालिका वडा नं.५, १ र ९ का ३२, ६० र ८३ वर्षीय ३ जना पुरुष, भद्रपुर नगरपालिकाका एक जना २० वर्षीया महिला र १ जना ५५ वर्षीय पुरुष तथा कनकाई नगरपालिकाका ४४ वर्षीय १ जना पुरुष रहेको बताए ।

उनीहरु सबै जना स्थानीय रहेको उनले बताए । भद्रपुर र कनकाईका ३ जना संक्रमितको वडा खुल्न नसकेको चौलागाईले जानकारी दिए ।योसँगै झापामा कोरोना संक्रमितको संख्या ८४३ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *