Sajhamanch Archive

अर्जुनधारामा गोरु काटेर खाएको आरोपमा तीनजना पक्राउ

Published: in समाज, स्थानीय तह by .

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका वडा नं.५ स्थित बैसाबारीबाट गोरु काटेर खाएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २० बर्षीय ईमन दाहाल,२७ बर्षीय वीरबहादुर दनुवार र वर्ष २७ कै टिकाराम दनुवार रहेका छन । आज बिहान ८ बजे उनीहरुले गोरु काटेर खाई गोरुको टाउको र खुट्टाहरू नजिकै रहेको उखुबारीमा गाडेको भन्ने जानकारी पाएलगत्तै प्रहरी चौकी शनिश्चरेको टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनामा संलग्नलाई तत्काल नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

उनीहरुले गाडेको गोरुको टाउको र खुट्टा समेत फेला पारिएको र पक्राउ परेका तीनै जनाविरुद्ध कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *