Sajhamanch Archive

प्रदेश १ मा शनिबार थपिए १०६ जना कोरोना संक्रमित,११९ जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा आज १०६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ६४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा २६ महिला र ३८ पुरुष छन् । मोरङको बुढीगंगामा २ पुरुष, कटहरीमा १ महिला र १ पुरुष, ग्रामथानमा १ महिला र १ पुरुष तथा सुनबर्षी र जहदामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा ३ महिला र ८ पुरुष, इटहरीमा ४ महिला र ६ पुरुष, गढी र बर्जुमा १–१ महिला, दुहवीमा १ पुरुष, झापाको विर्तामोडमा १ महिला र २ पुरुष, भद्रपुरमा १ महिला र १ पुरुष, कचनकवल र कनकाईमा १–१ पुरुष, भोजपुरमा १ महिला तथा प्रदेश १ बाहिरका १ महिला र १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार २५५ पुगेको छ ।

प्रदेशबाट शनिबार ११९ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ८९ जना, विराट मेडिकल कलेजबाट १९ जना, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाँउबाट ५ जना, नोवेल मेडिकल कलेजबाट ३ जना, भानुजन मावि आईसोलेसन ताप्लेजुङबाट १ जना, बैजनाथपुर आईसोलेसन विराटनगरबाट १ जना र कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट १ जना डिस्चार्ज भएका हुन् । प्रदेशमा डिस्चार्ज हुनेको संख्या २ हजार ७८८ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *