Sajhamanch Archive

प्रेस क्लव मेचीनगरको अध्यक्षमा उप्रेती, घिमिरे र शर्मा सम्मानित

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by .

मेचीनगर । प्रेस क्लव मेचीनगरको अध्यक्षमा लक्ष्मी उप्रेती चयन भएका छन् । प्रेस क्लवको काँकडभिट्टामा आज सम्पन्न अधिवेशनले उप्रेतीको नेतृत्वमा सर्वसहमत १५ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा शिशिर चम्लागाईं,सचिवमा जि.आर धिताल, सह सचिवमा भूमिका लिम्बू र कोषाध्यक्षमा रिता दाहाल चुनिएका हुन् ।

त्यस्तै सदस्यहरुमा उमेश खतिवडा,माया लामिछाने,हरिकृष्ण भण्डारी,प्रकाश पौडेल,विकास देवकोटा,युवराज आचार्य,दिलिप थापा,खगेन्द्र घिमिरे,किशोर उपरकोटी र हेमन्त निरौला चयन भएका छन् ।

प्रेस क्लबका संयोजक मुक्ति पौडेलको अध्यक्षतामा भएको अधिवेशनको प्रमुख अतिथि प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की रहेका थिए ।

उक्त अवसरमा ११ हजार १११ नगदसहित मेचीनगर पत्रकारिता पुरस्कारबाट जीएन शर्मा र पाँच हजार ५५५ नगदसहित मेचीनगर उद्यमान पत्रकारिता पुरस्कारबाट खगेन्द्र घिमिरेलाई सम्मानित गरिएको थियो ।

सो कार्यक्रममा प्रमुख अतिथि कार्की, प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, उपप्रमुख मिना उप्रेती, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, प्रज्ञा सभासदस्य सुभद्रा भट्टराईलगायतले आ -आफना धारणा राखेका थिए ।

प्रेस क्लब मेचीनगरका सचिव झुलन रेग्मीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सह-संयोजक ज्ञानेन्द्र निरौलाले गरेका थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *