Sajhamanch Archive

१३ नम्बर सीमास्तम्भ निरीक्षण गर्न नेपाली टोली सीमा क्षेत्रमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नेपाल-चीनबीचको १३ नम्बर सीमास्तम्भ निरीक्षणका लागि नेपाली टोली सीमा क्षेत्रमा पुगेको छ ।

मुगुका सहायक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) केशव ज्ञवालीको नेतृत्वमा १४ सदस्यीय निरीक्षण टोली खटिएको प्रजिअ कृष्णकुमार निरौलाले जानकारी दिए । उनका अनुसार निरीक्षण टोलीमा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी र मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष लगायत छन् ।

सीमा क्षेत्र जिल्ला सदरमुकाम गमगढीबाट चार दिनको पैदल दुरीमा छ ।‘सीमास्तम्भको अवस्था बुझेर आवश्यक परे मर्मत, सम्भार गर्न र बिओपी स्थापनाका लागि उपर्युक्त स्थान छनोटका लागि टोली खटिएको हो’ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *