Sajhamanch Archive

झापामा थप एक कोरोना संक्रमितको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । झापाको कनकाई नगरपालिकामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार संक्रमण पुष्टि भएका कन्काई नगरपालिका वडा नं.९ का ४६ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि संक्रमित ती पुरुषलाई थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल  लगिएको थियो । अस्पताल पुर्याउने बित्तिकै उनको मृत्यु भएको कनकाई नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखा प्रमुख लक्ष्मी अधिकारीले कोरोना संक्रमणका कारण गएराति स्वासप्रश्वासमा समस्या भएपछि कोशी अस्पताल लगिएको र उनको त्यही मृत्यु भएको उनले बताए । संक्रमित ती पुरुषमा उच्च रक्तचाप र मधुमेहको पनि समस्या रहेको थियो । उनी आदर्श माविका कर्मचारी र व्यवसायी समेत हुन् । योसँगै कनकाई नगरपालिकामा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *