Sajhamanch Archive

आईपीएल : हैदराबादको लगातार दोस्रो हार

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले हराएको छ । यो कोलकाताको जारी आइपिएलमा पहिलो जित हो भने हैदराबादको लगातार दोस्रो हार हो ।

अबुधाबीको मैदानमा हैदरावादले कोलकाता सामु १४३ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य कोलकाताले १८ ओभरमा तीन विकेट गुमाएर भेटायो ।

कोलकाताको जितको हिरो शुभमन गिल बने । उनले ६२ बलमा नटआउट ७० रन बनाए भने इयान मोर्गनले २९ बलमा नटआउट ४२ रन योगदान गरे ।

यसअघि अबुधाबीको शेख जायद स्टेडियममा पहिले टस जितेर ब्याटिङ रोजेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १४२ रन बनाएको थियो ।

कोलकाताका लागि मनिष पाण्डेले सर्वाधिक ५१ रन बनाए । कप्तान डेभिड वार्नरले ३६, रिद्धिमान साहाले ३० र मोहम्मद नावीले ११ रन बनाए । अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *