Sajhamanch Archive

प्रहरीमा कोरोना संक्रमितको संख्या ४१ सय पुग्यो

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ४ हजार १ सय ५ पुगेको छ । जसमध्ये १८ सय ७१ जना सक्रिय संक्रमित छन् । २२ सय ३४ जना डिस्चार्ज भएका छन् ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार काठमडौंस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत २९१ जना संक्रमित छन् भने काठमाडौं उपत्यकामा ६९२ जना सक्रिय संक्रमित छन् ।

यस्तै. प्रदेश १ मा १६२ जना सक्रिय संक्रमित छन् । प्रदेश २ मा १५८ जना, वाग्मती प्रदेशमा १२४ जना, गण्डकी प्रदेशमा १५६ जना, प्रदेश ५ मा १५३ जना, कर्णाली प्रदेशमा ५५ जना र सुदूरपश्चिम प्रदेशमा ८० जना सक्रिय संक्रमित छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *