Sajhamanch Archive

एनसीबीले गर्यो दीपिका, सारा, श्रद्धा र रकुलको फोन जफत

Published: in गीत/संगीत/मनोरञ्जन by .

नारकोटिक्स कन्ट्रोल ब्यूरोले बलिउडका चारजना नायिकाको मोबाइल जफत गरेको छ । नायिकाहरु दीपिका पादुकोण, रकुल प्रित सिंह, श्रद्धा कपुर, साराअली खानको साथमा फेसन डिजाइनर सिमोन खम्बट्टाको मोबाइल जफत गरिएको हो । यस्तै, नायिका पादुकोणकी मेनेजर करिश्मा प्रकाशको मोबाइल पनि जफत गरिएको छ ।

यी सबै बलिउडकर्मीसँग एनसीबीका पदाधिकारीले शुक्रबार र शनिबार सोधपुछ गरेका थिए । नायक सुशान्त सिंह राजपुतको निधनको मुद्दा ड्रग्ससँग जोडिएपछि बलिउडका केही कलाकार पनि कानुनी घेरामा आएका छन् ।

नायिका दीपिका पादुकोणले ड्रग्सको बिषयमा च्याटमा कुरा गरेपनि आफूले ड्रग्स भने सेवन नगरेको बताएकी थिइन् । यस्तै, नायिका साराअली खान, रकुल प्रित, श्रद्धा कपुरले पनि ड्रग्स सेवन नगरेको बताएका छन् ।

नायिका साराअली खानले आफूले सीबीडी ओइल मेडिकल प्रयोगका लागि अर्डर गरेको बताएकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *