Sajhamanch Archive

कोरोनाबाट मृत्यु भएकालाई जलाउन कनकाई आर्यघाटमा छुट्टै चितास्थल

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by .

झापा । कनकाई नगरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिहरुको दाहसंस्कारका लागि छुट्टै चितास्थलको व्यवस्था मिलाइएको छ । कनकाई आर्यघाटन कोरोना संक्रमित मृत्यु भएमा दाहसंस्कारका लागि छुट्टै चितास्थलको व्यवस्था मिलाएको हो ।

कनकाई आर्यघाटमा ५ वटा चितास्थल छन् । जसमध्ये एउटा कोरोना सङ्क्रमितको शबका लागि छुट्याइएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताए ।

संक्रमितको दाहसस्कारका लागि नगरपालिकाले दाउराको व्यवस्था मिलाउने छ ।

कनकाईमा शनिवार राति विराटनगरको कोभिड हस्पिटलमा मृत्यु भएका कनकाई–९ का पुरुषको शब सोही स्थानमा दाहसंस्कार गरिएको छ ।

अब संक्रमितको दाहसंस्कार आफ्नो परम्पारा अनुसार नै गर्न पाइने भएको छ ।  तर यस अघि संक्रमितको शब परिवारले पाउँदैनथिए । नेपाली सेनाले परिवारको उपस्थिति बिना नै समाधिस्थ गर्दै आएको थियो ।

झापामा हालसम्म ७ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । जसमध्ये एक जनाको शब मात्र परिवारले आफै दाहसंस्कार गर्न पाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *