Sajhamanch Archive

बिर्तामोडमा राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउन सुरु

Published: (Updated: ) in समाज, स्थानीय तह by .

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउने कार्यक्रम सुरु भएको छ ।

बिर्तामोड नगरपालिका वडा नं.५ मा एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख ध्रुवकुमार सिवाकोटी र उनको परिवारका सदस्यको फोटो खिचाएर कार्यक्रमको शुरुवात गरिएको हो ।

सरकारी निर्णय अनुसार राष्ट्रिय परिचय पत्रका लागि बिर्तामोड नगरपालिकाले नगरबासीलाई फोटो खिचाउने आग्रह गरेको छ । आज (सोमबार)बाट राष्ट्रिय परिचय पत्रका लागि बिर्तामोडमा फोटो खिचाउने अभियान सुरु भएको नगर प्रमुख सिवाकोटीले बताए ।

कार्यक्रमलाई नगरका सबै वडामा विस्तार गरिने हुनाले सबैले आ–आफ्नो वडामा फोटो खिचाउन सकिने प्रमुख शिवाकोटीले बताए ।

झापामा राष्ट्रिय परिचय पत्र वितरण सुरु भइरहँदा पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा मात्रै फोटो खिचाउन सकिने व्यवस्था थियो । त्यसलाई विस्तार गर्दै स्थानीय तहबाट वडासम्म लगिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *