Sajhamanch Archive

आईपीएल : मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दै

Published: in खेलकुद by .

एजेन्सी । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‍वान्टी क्रिकेटमा आज साबिक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दै छन् । सिजनको पहिलो खेल हारबाट सुरु गरेको मुम्बईले दोस्रो खेलमा भने जित निकालेको थियो ।

यता पहिलो खेलमा जित निकालेको बैंगलोर दोस्रो खेलमा भने हार बेहोरेको थियो । मुम्बई र बैंगलोरबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । आजको खेलमा दुवै टोली जित निकाल्ने योनजामा छन् ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोरलाई सहज जितको अपेक्षा हुनेछ । गत सिजन खराब प्रदर्शन गरेको बैंगलोर यो सिजन भने उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई उपाधि दाबेदारका रुपमा प्रस्तुत गर्नेछ ।

यता रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बईलाई आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । साबिक विजेता भएका कारण पनि यो सिजन मुम्बईका लागि हरेक खेल महत्त्वपूर्ण रहनेछन् । त्यसैले बैंगलोरविरुद्ध पनि सहज जित निकाल्ने योजनामा मुम्बई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *