Sajhamanch Archive

बीपीका चिकित्सक आन्दोलित, माग पूरा नगरे सेवा ठप्प

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

सुनसरी। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै सिनियर चिकित्सक आन्दोलित भएका छन् । प्रतिष्ठान सुधारमा चारजना पदाधिकारीको भूमिका शून्य रहेको भन्दै प्रतिष्ठानको नेतृत्व सही ढंगले सञ्चालन गर्न माग गर्दै चिकित्सकले धर्ना कार्यक्रम सुरु गरेका हुन् ।

विभिन्न १९ सुत्रीय माग राखेर आन्दोलनमा उत्रिएका प्रतिष्ठानको सबै विभागका सिनियर चिकित्सकहरु आन्दोलित भएरपछि प्रतिष्ठानको स्वास्थ्य सेवा प्रभावित बनेको छ । आन्दोलनमा उत्रिएका चिकित्सकले प्रतिष्ठान सुधार गर्नुपर्ने, स्वास्थ्य विमा गर्नुपर्ने, कोरोना माहामारीमा खटिएका चिकित्सकलाई स्वास्थ्य सामग्री दिनुपर्ने, संकटमा पुगेको प्रतिष्ठानको आर्थिक अवस्था सुधार गर्नुपर्ने, प्रतिष्ठानमा आवश्यक औषधि उपकरण खरिद गर्दा भएको आर्थिक चलखेल बन्द गर्नुपर्ने, वृद्धि भएको तलब निकासा गर्नुपर्ने र अवरुद्ध भएको बढुवा प्रक्रिया अगाडि बढाउनुपर्नेलगायतका माग राखेर दैनिक धर्ना कार्यक्रम सुरु गरेका छन् ।

माग तत्काल सम्बोधन नगरे प्रतिष्ठानको आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने चिकित्सकले चेतावनी दिएका छन् । प्रतिष्ठानको मेडिकल एण्ड डेन्टल फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलको नेतृत्वमा आन्दोलनमा उत्रिएका चिकित्सकले सोमबार प्रतिष्ठानका उपकुलपती डा. ज्ञानेन्द्र गिरीको कार्यकक्ष अगाडि धर्ना दिएका छन् ।

सोसाइटीका महासचिव डा.एसपी रिमालले विशुद्ध रहेको प्रतिष्ठानमा राजनैतिक हस्तक्षप गरी प्रतिष्ठानको गरिमालाई आच पु¥याउन खोजिएको बताए । उनले प्रतिष्ठानमा अहिले कांग्रेस र नेकपाको सदस्य लिएका चिकित्सकले नै प्रतिष्ठानको बदनाम गराई अवैध काम गरेका कारण बाध्य भएर आन्दोलन उत्रिनु परेको आक्रोश पोखे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *