Sajhamanch Archive

असोज १५ देखि सहुलियत मूल्य पसल खुल्ने

Published: (Updated: ) in अर्थतन्त्र, समाज by .

काठमाडौं । बजारको महँगी नियन्त्रण गर्न सरकारले दशैंलक्षित सहुलियत मूल्यको पसल असोज १५ गते बिहीबारबाट सञ्चालनमा ल्याउने भएको छ ।

सोमबार बसेको सञ्चालक समिति बैठकले असोज १५ देखि मंसिर ६ गतेसम्म देशैभर ६० वटा सहुलियत मूल्यको पसल सञ्चालन गर्ने निर्णय गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

काठमाडौं उपत्यकामा १३ सहित देशभर ६० वटा सहुलियत पसल खोल्ने निर्णय भएको छ, सहुलियत पसलमा कुन-कुन वस्तु कति मूल्यमा पाइने भन्ने विषय भने केही दिनमा मन्त्रालयले टुंग्याउने कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले बताए ।

उपत्यकाबाहिर खाद्यको २४ वटा कार्यालय र साल्ट ट्रेडिङको २३ कार्यालयमार्फत सहुलियत पसल सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *