Sajhamanch Archive

आईपीएल : सुपर ओभरमा पुगेको खेलमा बैंगलोरको रोमाञ्चक जित

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । १३ औं सस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले सुपर ओभरमा जित निकालेको छ । सोमबार भएको खेलमा बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा हराएको हो ।

सुपर ओभरमा मुम्बईले दिएको ८ रनको लक्ष्य पाएको बैंगलोरका ६ बलमा ११ रन बनाएको थियो । बैंगलोरका लागि एबी डिविलियर्सले ६ रन र विराट कोहलीले ५ रन बनाए ।यता सुपर ओभरमा मुम्बईका लागि हार्दिक पाड्याले २ रन बनाउँदा किरन पोलार्डले ५ रन बनाए । बैंगलोरका लागि नवदिप सैनिले पोलार्डको विकेट पनि लिए ।

यसअघिको खेलमा बैंगलोरले दिएको २०२ रनको लक्ष्य पछएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०१ रन बनाएको थियो । मुम्बईका लागि इशान किसान र किरन पोलार्डले अर्धशतकीय पारी खेले । ५८ बल खेलेका इशानले ९९ रन बनाए । त्यस्तै २४ बल खेलेका पोलार्डले ६० रन बनाए ।

मुम्बईका लागि हार्दिक पाड्याले १५ रन बनाउँदा क्विन्टन डी ककले १४ रनको योगदान गरे ।बलिङतर्फ बैंगलोरका लागि इस्रु उडानले दुई र युजिभेन्द्र चहाल, आदम जाम्प, र वासिन्टन सुन्डरले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरका लागि देबदत्त पाडिकल, एबी डिविलियर्स र अरोन फिन्चले अर्धशतकीय पारी खेले । ४० बल खेलेका पाडिकलले  ५४ रन बनाए । त्यस्तै ३५ बल खेलेका फिन्चले  ५२ रनको योगदान गरे ।

बैंगलोरका लागि एबी डिविलियर्स २४ बल खे ५५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै शिभम डुबेले २७ रन बनाउँदा कप्तान विराट कोहलीले ३ रन मात्र बनाए ।बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्टले दुई विकेट लिँदा राहुल चहारले एक विकेट हात पारे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *