Sajhamanch Archive

इराकमा सशस्त्र समूहको आक्रमणमा तीन बालबालिकासहित पाँचको मृत्यु

Published: in विश्व समाचार by .

काठमाडौं । इराकी सशस्त्र समूहको आक्रमणमा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ ।राजधानी बगदादस्थित एक आवासिय भवनमा सशस्त्र समूहले आक्रमण गर्दा दुई महिला र तीन बालबालिकोको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

बगदादमा विमानमा अक्रमण गर्ने क्रममा उक्त आवासिय भवनमा रकेट प्रहार गरिएको सरकारी अधिकारीहरुले दावी गरेका छन् । सेनाले आक्रमणमा परी अन्य केही बालबालिकाहरु रहेको जनाएको छ । आक्रमणमा पर्ने सबै जना एकै परिवारका सदस्य रहेको बताइएको छ ।

आक्रमणले सर्वसाधारणमा डर त्रास पैदा गर्न खोजेको सरकारी अधिकारीहरले जनाएका छन् । लगत्तै प्रधानमन्त्री मुस्तफा अल कधिमीले घटनामा संलग्नहरुलाई कानुनी कारवाही गर्ने प्रतिवद्धता जनाउनुभएको छ । गत वर्षको अक्टुबर र जुलाई महिनामा अमेरिकी दूतावास नजिकै भएको रकेट हमला र अमेरिकी सेनाले एक उच्च इरानी सैनिकका उच्च अधिकारी क्वासेम सोलेमानीको हत्यापछि उत्पन्न तनावका कारण विभिन्न आक्रमण भएका थिए ।

उक्त घटनाको सर्वत्र विरोध भएसँगै अमेरिकाले थप सुरक्षा सतर्कता अपनाएको जनाएको थियो ।सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण गरेर सत्ता समिकरण फेरबदल गरेयता लगातार आक्रमण र हिंसात्मक घटनाहरु भइरहेका छन् । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *