Sajhamanch Archive

झापामा आज ९ जनामा कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । झापामा आज ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मङ्गलबार झापामा २ जना महिलासहित ९ जना स्थानीय पुरुषलाई कोरोना भाइरस  संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार भद्रपुर नगरपालिका वडा नं.५ र १० का ३०, ४५ र ५० वर्षीय ३ जना पुरुष, दमक नगरपालिका वडा नं.१, ५, ७ र ८ का ८२, ३७, ३८ र ४९ वर्षका १ महिलासहित ३ जना पुरुष तथा अर्जुनधारा नगरपालिका वडा नं.३ का ६० र ८१ वर्षका एक महिला र १ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको उनले बताए ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ८६० पुगेको छ । निको हुनेको संख्या ७८३ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *