Sajhamanch Archive

प्रदेश १ मा १६६ जना डिस्चार्ज, १२२ संक्रमित थपिए

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेशमा १ मा आज १ सय २२ जना संक्रमित थपिँदा १ सय ६६ जना डिस्चार्ज भएका छन् । मोरङमा ८६, सुनसरीमा १९, झापामा ८, तेह्रथुममा २, भोजपुर, उदयपुर र इलाममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेका छन्।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ६१ जनामध्ये २९ महिला र ३२ पुरुषमा संक्रमण देखिएको छ। मोरङकै कटहरीमा ५ पुरुष, ग्रामथानमा १ महिला ३ पुरुष, सुन्दरहरैँचामा २ पुरुष, उर्लाबारीमा १ महिला, सुनबर्षीमा १ पुरुष, स्थानीय तह नखुलेका २ महिला १० पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

उता सुनसरीको धरानमा २ महिला ५ पुरुष, इटहरीमा १ महिला ४ पुरुष, दुहबीमा १ महिला ३ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुष, झापाको दमक र भद्रपुरमा ३–३ पुरुष, अर्जुनधारामा १ पुरुष, स्थानीय तह नखुलेका १ महिला, तेह्रथुमका २, भोजपुर र उदयपुरका १–१ पुरुष, इलामको माई नगरपालिकाका १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ३ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेशमा संक्रमितको संख्या ६ हजार ६ सय ४१ पुगेको छ।

प्रदेशको विभिन्न आइसोलेसनबाट १ सय ६६ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट १ सय ६०, रुम्झाटार आइसोलेसन केन्द्र ओखलढुंगाबाट ३, विराट मेडिकल कलेज बुढीगंगाबाट २, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ४१ पुगेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *