Sajhamanch Archive

कर्मचारीमा कोरोना पुष्टि भएपछि मालपोतको मुद्दा शाखा बन्द

Published: in समाज, स्वास्थ्य by .

झापा । भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुरका एकजना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कार्यालयको मुद्धा शाखा बन्द गरिएको छ ।

मालपोतको मुद्दा शाखामा कार्यरत भद्रपुर नगरपालिका वडा नं.१० का ५० वर्षीय पुरुष कर्मचारीलाई कोरोना पुष्टि भएको हो । मालपोतका कर्मचारीलाई कोरोना पुष्टि भएसँगै मालपोतको मुद्दा शाखा बन्द गरिएको भूमि सुधार तथा मालपोत कार्यालय झापा प्रमुख योगेन्द्र दुलालले जानकारी दिए ।

कार्यालय प्रमुख दुलालले मुद्दा शाखामा कार्यरत सबै कर्मचारीलाई होम क्वारेन्टाइनमा बस्न लगाएको जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *