Sajhamanch Archive

बिर्तामोडबाट ब्राउनसुगरसहित दुईजना पक्राउ

Published: (Updated: ) in समाज by .

बिर्तामोड । झापाको बिर्तामोडस्थित सैनिकमोडबाट लागुऔषध खैरो हिरोइन ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा कचनकवलका २२ वर्षीय सुदम राजवंशी र सोही स्थानका ३९ वर्षीय नरबहादुर राजवंशी रहेका छन् । हिजो साँझ साढे ६ बजे विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

नियन्त्रण पश्चात उनीहरु उपर चेकजाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा १३ ग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको उक्त कार्यालयले जनाएको छ । साथै उनिहरुको साथबाट नगद ९ हजार रुपैंया समेत फेला पारी बरामद गरिएको छ भने पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *